श्रम अदालतको न्यायाधीशमा चन्द नियुक्त

simhadarbarकाठमाडौं, २७ असार । सरकारले श्रम अदालतको न्यायाधीशमा धीरबहादुर चन्दलाई नियुक्त गरेको छ ।
सिंहदरबारमा आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगको सिफारिसमा चन्दलाई न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
बैठकले नेपाली सेनाको प्राविधिक तर्फका दुईजना महासेनानीको बढुवा पनि गरेको छ । सैनिक हवाई महनिर्देशनालय अन्र्तगत मर्मत तथा सम्भार विभागको प्रमुखमा दीपकप्रसाद बास्तोलालाई जिम्मेवारी दिएको छ ।
सरकारले पत्रकार दुर्घटना बीमा व्यवस्थापन निर्देशिका र हातहतियार तथा खरखजाना लाइसेन्स सम्बन्धि विधेयकलाई छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

प्रतिक्रिया