पौडीखेल्दा तीन बालबालिकाको मृत्यू

nawalparasiनवलपरासी, २७ असार । नवलपरासी जिल्लामा खोलाले बगाएर तीन बालबालिकाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा तम्सरिया–८ का १२ बर्षीय सलिन कुमाल, १५ बर्षीय सुसन कुमाल र १४ बर्षीया एलिना कुमाल रहेको प्रहरीले जनाएको छ ।
नारायणी–८ स्थित उल्टी खोलामा आज (बिहीबार) पौडी खेल्ने क्रममा उनीहरुलाई खोलाले बगाएको हो ।
प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजतलास गर्दा नदीकै किनारमा तीनैजना बालबालिकालाई असक्त अवस्थामा फेला पारिएको प्रहरी भनाई छ ।
तत्काल प्राथमिक स्वास्थ्य चौकी चोरमारा र मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचारका क्रममा मृत्यू भएको थियो ।

प्रतिक्रिया