गर्भवती ‘ममता’को परिवार विस्थपित

Garvawati Mahilaसिरहा, २७ असार । प्रमेश्वर साहले ममता साह (लिंक हेनुर्स) (नाम परिवर्तन) को गर्भ बोकाएको अस्वीकार गरे पछि विभिन्न पक्षको धम्कीका कारण ममताको परिवार गाउंबाट विस्थापित हुन पुगेको छ ।
प्रमेश्वरको परिवारले ममताका परिवारलाई दिएको दवाव र धम्कीका कारण गाउं छाड्न परेको उनकी आमा शिवकुमारी साहले जानकारी दिईन् । प्रमेश्वर विरुद्ध प्रहरीमा उजुरी परे लगत्तै ममताको परिवार गाउंको घरमा जान सकेको छैन ।
शिवकुमारीले आज (बिहीबार) सिराहाको लहानमा पत्रकार सम्मेलन गरेर प्रमेश्वरका परिवारको धम्की र दवावका कारण गाउंबाट विस्थापित हुनु परेको जानकारी दिईन् । ‘प्रमेश्वर साहका परिवारले हामीलाई प्रहरीबाट उजुरी फिर्ता लिन दवाव दिएका छन्,’ उनले भनिन्, ‘ममतालाई स्वीकार गरेर विवाद मिलाउनुको साटो धम्की दिएर गाउंमा बस्न दिएनन् ।’
शिवकुमारीले ममता र प्रमेश्वरको विषयलाई लिएर प्रत्यके दिन धम्की दिने गरेको आरोप लगाईन् । उनले आफूहरुलाई शान्ति सुरक्षा दिनुपर्ने माग गरेकी छन् ।
शिवकुमारीले प्रहरीले पनि प्रमेश्वरलाई कारबाही गर्न र छानविनका लागि ध्यान नदिएको आरोप लगाईन् । ‘प्रहरीले मेरो छोरीलाई न्याया दिने तर्फ ध्यान दिएन,’ उनले भनिन्, ‘मैले छिटो न्याया पाउनु पर्छ ।’
पीडित शिवकुमारीले दोषी देखिएका प्रमेश्वर साहलाई कारबाहीका लागि प्रहरी प्रशासनलाई दवाव दिन सबै पक्षसंग अपील गरेकी छन् ।
लालपुर गाविस वडा नम्वर १ की १४ बर्षीया ममतालाई प्रमेश्वरले झण्डै ५ महिना देखि पटक पटक शारीरिक सम्पर्क गर्दै आएको आरोप लागेको छ । विद्यालयको अध्ययन गर्दै आएकी ममताको गर्भ रहे पछि सो घटना सर्वाजनिक भएको हो ।
ममताले प्रमेश्वरको गर्भ बोकेको भन्दै शिवकुमारीले छोरीले न्याय पाउनु पर्ने भन्दै प्रमेश्वर विरुद्ध प्रहरीमा उजुरी गरेकी थिईन् ।
उता, आरोपी प्रमेश्वरले ममताले बोकेको गर्भ आफ्नो नरहेको दावी गरेका छन् । उनले आफू निर्दोश रहेको प्रहरीलाई बयान दिएका छन् ।
आरोपी स्थानीय प्रमेश्वर अहिले जिल्ला प्रहरी कार्यालय सिरहाको नियन्त्रणमा छन् । सिरहाका प्रहरी उपरीक्षक मनोज न्यौपानेले पीडित ममतालाई प्रमेश्वरले जर्वजस्ती गर्भवती बनाएको मुद्दा परेको जानकारी दिए । ममताको गर्भ ५ महिना पुगिसकेको छ ।
स्रोतका अनुसार प्रमेश्वरको परिवारले राजनीतिक र स्थानीय भद्रभलाद्मीको प्रयोग गरेर शिवकुमारीलाई मुद्दा फिर्ता गराउन दवाव दिएका छन् । (फाईल तस्विर)

प्रतिक्रिया