समितिद्धारा आर्थिक नीतिबारे सुझाव पेश

New Imageकाठमाडौं, २६ असार । आगामी वर्षको बजेटले लिनुपर्ने आर्थिक नीतिका विषयमा सुझाव दिन गठित उच्च स्तरीय समितिले आज (बुधबार) अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई  सुझाव पेश गरेको छ ।
समितिले आर्थिक विकास लक्ष्य, आन्तरिक ऋणको सीमा, उत्पादन वृद्धि, आन्तरिक तथा वैदेशिक रोजगारी, रेमिट्यान्स, कृषि उत्पादनलगायत विषयमा सरकारलाई सुझाव दिएको छ । अर्थमन्त्री कोइरालालेउच्चस्तरीय समितिले पेश गरेको सुझावलाई आगामी बजेटले आत्मसात गर्ने विश्वास व्यक्त गरे ।
सरकारले जेठ अन्तिम साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्रकुमार शाक्यको संयोजकत्वमा महालेखापरीक्षक  भानुप्रसाद आचार्य, अर्थ सचिव शान्तराज सुवेदी, गभर्नर डा. युवराज खतिवडा, योजना आयोगका सचिव युवराज भुसाल,  अर्थमन्त्रालय आर्थिक नीति तथा विश्लेषण महाशाखा प्रमुख बैकुण्ठ ढुंगाना सदस्य सचिव रहेको समिति गठन गरेको थियो ।

प्रतिक्रिया