कार्यकर्तौ नभएको पार्टीले बहिष्कार गर्न सक्दैन

Top-Bd-Rayamajhi-1काठमाडौं, २६ असार । एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझीले प्रत्येक बुथमा एकजना कार्यकर्ता पनि पुर्‍याउन नसक्ने नेकपा–माओवादीको चुनाव बहिस्कार घोषणाको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आज (बधुरबार) आयोजित कार्यक्रममा रायमाझीले प्रत्यक बुथमा कार्यकर्ता पुर्‍याउन नसक्ने दाबी गरे । ‘नेकपा–माओवादीको बहिष्कारको कुनै अर्थ छैन,’ उनले भने ।
कार्यदिशा नै जनविद्रोह भएकाले नेकपा–माओवादी वार्तामा आउनु वा नआउनुको अर्थ पनि नरहेको उनले बताए । ‘बहिष्कारको मूल्याङ्कन गरेर निर्वाचन गर्न तर्फ लाग्नु पर्छ,’ रायमाझीको भनाई छ ।
नेकपा–माओवादीले बहिष्कार गरेपनि निर्वाचन गर्न सकिने उनको भनाई छ । सुरक्षा निकायले सुरक्षा दिन सक्ने भन्दै रायमाझीले नेकपा–माओवादीका कारण निर्वाचन रोक्न नहुने बताए ।

प्रतिक्रिया