सुनको मूल्य उकालो लाग्दै

Goldकाठमाडौं, २६ असार । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै मंगलबार स्थानीय बजारमा सुनको मूल्य केही उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ७ सय ४२ रुपियाँले बृद्धि भएर ४९ हजार ८ सय ५२ पुग्यो । नेपाल सुन चाँदी व्यवसायी महासंघले यस दिन छापावाल सुनको मूल्य दशग्रामको ४२ हजार ७ सय ४० तोकेको थियो ।

सोमबार छापावाल सुनको मूल्य दशग्रामको ४२ हजार ९५ अर्थात् तोलाको ४९ हजार १ सय १० रुपियाँ थियो । मंगलबार तेजाबी सुन तोलाको ४९ हजार ६ सय दुई रुपियाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि उकालो लागेर तोलाको ८ सय २० रुपियाँमा किनबेच भयो । अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रति औंस १२ सय ४८ डलरको हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया