झापा र सुनसरीमा नेपाली सेनाद्वारा उद्दार

Nepal Armyकाठमाडौं, २५ असार । नेपाली सेनाले झापा र सुनसरी जिल्लामा बाढीबाट प्रभावित स्थानीयको उद्दार गरेको जनाएको छ ।
सुनसरीको ईटहरीस्थित बुढीखोलाबाट डुबनमा परेका स्थानीयको आज (मंगलबार) उद्दार गरिएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ट्याङग्रा खोला र सेउती खोलामा आएको बाढीबाट ईटहरीमा डुवान भएको थियो ।
विहान साढे नौ बजे सेनाको फौज परिचालन गरी राधाकृष्ण मन्दिर आसपासको क्षेत्रका स्थानीयको उद्दार गरिएको विज्ञप्तिमा जनाईएको छ ।
यसैगरी, उता, झापाको दमकस्थित देउली खोलाको बाढीले पनि डुबान गरेको छ । सो खोलाले लखनपुर–१, पाराजुङ्गेमा कलभर्ट बगाई गाउँमा डुवान गरे पछि सेनाले उद्दार गरेको जनाएको छ । बाढीले डाँगीबारी ईलाका समेत डुवाएको थियो ।
उता, दत्तुदेखि खलंगासम्म नेपाली सेनाको हेलिकप्टरद्धारा आजै ७ हजार ३ सय ५० किलो चामल खलंगा पुर्‍याएको छ । नेपाल खाद्य संस्थानद्वारा दत्तुमा भण्डार गरेको ३० हजार किलो चामल ढुवानी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया