दलहरुको सहभागिताका लागि गृहकार्य : रेग्मी

Khilraj-Regmi'sकाठमाडौं, २५ असार । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र भारतीय विदेशमन्त्री सलमान खुर्सिदबीच शिष्टाचार भेटबार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा आज (मंगलबार) दुबै पक्षबीच आपसी हित र साझा सवालहरुमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महेन्द्रकुमार थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष रेग्मीले नेपाल र भारतबीच ऐतिहासिक कालदेखि कायम रहेको प्रगाढ सम्बन्ध विस्तार र गाढा हुँदै आजको अवस्थामा आइपुगेको बताए ।
‘द्विपक्षीय सम्बन्ध आपसी सौहाद्र्रता, सद्भाव, समानता र एकअर्का प्रतिको सम्मान जस्ता मान्यताहरुमा आधारित रहेको छ,’ रेग्मीले भनेका छन् । उनले संविधानसभा निर्वाचनका लागि आगामी मंसिर–४ गतेका दिन निश्चित भइसकेको जानकारी पनि गराए ।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने सिलसिलामा सम्पूर्ण राजनीतिक शक्तिहरुको सहभागिता र सहयोगका लागि आवश्यक गृहकार्य भईरहेको उनले बताए । रेग्मीले भने, ‘निर्वाचन समयमा नै सम्पन्न हुने कुरामा म विश्वस्त छु ।’
भारतीय विदेशमन्त्री खुर्सिदले नेपालको शान्ति प्रक्रिया, प्रजातन्त्रको संस्थागत विकास तथा आगामी संविधानसभाको निर्वाचनप्रति भारत सरकारको सहयोग र समर्थन रहने बताए ।

यसबैची, राष्ट्रपति डा.रामवरण यादवसँग भारतीय विदेशमन्त्री खुर्सिदले शिष्टाचार भेट गरेका छन् ।
शीतल निवासमा आज (मंगलबार) भएको भेटमा दुई देशको आपसी हितका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयका Salman Kursid Indianप्रवक्ता हरिकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसै गरी, खुर्सिदले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुसँग पनि भेटबार्ता गरेका छन् । काठमाडौंको द्वारिका होटलमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा निर्वाचनका बारेमा परामर्श भएको थियो ।
Umaobadi n Salman Khursidभेटमा एमाओवादीका दोस्रो तहका नेताहरुको पनि सहभागिता रहेको थियो । खुर्सिदसँगको भेटका लागि दाहालले आफ्नो सिङगापुर भ्रमण छोट्याएर आजै (मंगलबार) काठमाडौं फिर्ता भएका थिए । (तस्विर सौजन्य प्रकाश दाहाल)

प्रतिक्रिया