वीस दिनदेखि उद्योगको उत्पादन बन्द

Udayapur-Cement-Factoryउदयपुर, २५ असार । नेपाल सरकारको स्वामित्वमा रहेको देशकै सबै भन्दा ठूलो उदयपुर सिमेण्ट उद्योग लिमिटेड जलजलेलाई उद्योगका महाप्रवन्धक शुरेन्द्रकुमार चौरसियाले व्यापक रुपमा आर्थिक अनियमितता गरी धरासायी बनाएको भन्दै उद्योगमा कार्यरत मजदुरले आक्रोस व्यक्त गरेका छन् ।
२०६८ कातिक–२ गते महाप्रवन्धकको नियुक्ति पाएका चौरसियाले उद्योगको हितलाई भन्दा व्यक्तिगत लाभलाई जोड दिएर उद्योगको रकममा रजाई गरेको मजदुरहरुको आरोप छ ।
उद्योगमा भएको आर्थिक लगायतका अनियमितताका बारेमा मजदुरहरुले सोमवार उनकै कार्यकक्षमा गई आक्रोस व्यक्त गरे । उद्योग सञ्चालनको नाममा करीव १७ करोड रुपियाँ महाप्रवन्धकले आफू र आफ्ना आफन्तहरुलाई दिएर उद्योग टाट पल्टाएको आरोप लागेको छ । मजदुरहरुले सोमबार पत्रकार सम्मेलन गरेर महाप्रवन्धक चौरसियाले सिमेन्ट डुबानउ सक्रिय भएको दाबी गरे ।
राजनीतिकको आडमा चौरसियाले नियम कानून मिचेर उद्योगको रकम दुरुपयोग गरेको मजदुरहरुले बताए ।
Surendra-Chaurasiyaवीसदिनदेखि बन्द उद्योगमा कर्मचारीहरुले काम गर्न नपाएको, समयमा तलव भत्ता नपाएको, नियम विपरीत आफ्ना पक्षका कर्मचारीहरुलाई काजमा पठाएको, उद्योगको करोडौं रुपियाँ हिनामिना गरेको, गैर कानूनी रुपमा विभिन्न सम्झौता गरेको लगायतका आरोप मजदुरको छ ।
मजदुरहरुले महाप्रवन्धकलाई कार्यकक्षबाट सोमबार बाहिर निकाल्ने क्रममा सामान्य झडप समेत भएको छ । ईलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालय उदयपुरवाट गएको प्रहरी टोलीलेस्थितिलाई नियन्त्रणमा लिएको थियो ।
महाप्रवन्धक चौरसियाले २०७० साल बैशाख महिनामा १६ दिन, जेठमा १३ दिन र असारमा दुईदिन मात्र हाजिरी गरेका छन् । बाँकी समय उनी विभिन्न गोष्ठी, काज, सेमिनार र भ्रमणमा गएको हाजिरी खातामा उल्लेख छ ।
उनले काजमा पठाएका कर्मचारी मध्य दिनेश अधिकारीको २०६९ बैशाख देखि हालसम्म २० दिन मात्र हाजिरी गरेका छन् । मनोजकुमार प्रसादको ६२ दिन, कृष्ण केसीको एकसय दिन, सञ्जय प्रताप सिंह र दिनेश अधिकारीको २०७० साल यता एकदिनपनि हाजिरी छैन ।
उद्योगमा कार्यारत करीव ६ सय मजदुरहरुले तलव भत्ता नपाईरहेका बेला माहाप्रवन्धक चौरसिया र उद्योग सञ्चालक समितिका अध्यक्ष शिवकुमार पटेलले करोडौं रुपियाँ कुक्ल्याएर उद्योग धरासायी वनाएको आरोप लगाएका छन् ।
चौरसियाले मजदुरहरुको सञ्चय कोष र वीमा रकमसमेत जम्मा नगरेको मजदुरहरुले बताए ।
समयमा उद्योगको किल्न (भट्टी) मा प्रयोग हुने आवश्यक ब्रिक ल्यान नसक्दा २० दिन देखि उदयपुर सिमेन्ट उद्योग बन्द छ ।

प्रतिक्रिया