आईफा अवार्डमा ‘काहानी र बर्फी’को बर्चस्व

Bibhya Bala Ifa

मकाउ, २३ असार । अभिनेत्री बिद्या बालनलाई सर्बश्रेष्ठ अभिनेत्रीको अवार्ड प्रदान गर्दै बलिउडको चर्चित आईफा अवार्ड–२०१३ सकिएको छ ।
अभिनेत्री बालनलाई चलचित्र ‘कहानी’को दमदार अभिनयका कारण सो अवार्ड प्रदान गरिएको एजेन्सीले जनाएको छ । अभिनेता रणबीर कपुरले चलचित्र ‘बर्फी’मा गरेको अभिनयका कारण सर्वश्रेष्ठ अभिनेताको अवार्ड हात परेका हुन् ।
बिद्यालाई बलिउडका अभिनेता अभिषेक बच्चनले पुरस्कार दिए । पुरस्कार हातपर्ने बित्तीकै अभिनेत्री बालनले ‘कहानी’ चलचित्रका निर्देशक संजय घोषलाई समर्पित गरिन् ।
‘बर्फी’ चलचित्रबाट सर्वश्रेष्ठ अभिनेता अवार्ड हातपारेका रणबीर कार्यक्रममा उपस्थीत थिएनन् । उनको अनुपस्थीतिमा पुरस्कार निर्देशक अनुराग कश्यपले लिए ।
आइफामा रणबीर र विद्या लगातार दुईपटक सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री हुन सफल भएका छन् । ‘राँकस्टार’ र ‘द डर्टी पिक्चर’का कारण यी दुबैले यस अगाडी आइफा अवार्ड हातपारी सकेका छन् ।
चलचित्र ‘बर्फी’ले यस बर्ष आईफामा अन्य केही पुरस्कार पनि हात पार्‍यो । जसमा सवश्रेष्ठ चलचित्र, सर्वश्रेष्ठ कथा र संगीत रहेका छन् ।
रणबीर र दीपिका पादुकोणका जोडीले अवार्डमा सर्वश्रेष्ठ जोडीका रुपमा पुरस्कार जिते । पुरस्कार लिने क्रममा दीपिकाले रणबीरसंगको प्रेम सार्वजनिक रुपमै घोषणा गरिन् ।
चलचित्र ‘विकी डोनर’का कलाकार आयुष्मान खुराना र यामी गौतमले आफ्नो हातमा सर्वश्रेष्ठ नवोदित अभिनेता एवं अभिनेत्रीका पुरकार जिते । सर्बश्रेष्ठ नबनिर्देशकको पुरस्कार चलचित्र ‘इग्लिश विग्लिश’का निर्देशक गौरी शिन्देले सुरक्षित गरे ।
कार्यक्रममा श्रीदेवी, माधुरी दीक्षित, अभिषेक बच्चन र दीपिका पादुकोणलगायतका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
आईफा अवार्ड को–को ले पाए ?
सर्वश्रेष्ठ नायक : रणबीर कपूर (फिल्म–बर्फी)
सर्वश्रेष्ठ नायिका : विद्या बालन (फिल्म–कहानी)
सर्वश्रेष्ठ फिल्म : ‘बर्फी’
सर्वश्रेष्ठ निर्देशक : अनुराग बसु (फिल्म–बर्फी)
सर्वश्रेष्ठ सपोर्टिङ पुरुषमा : अनु कपूर (फिल्म–विकी डोनर)
सर्वश्रेष्ठ सपोर्टिङ महिलामा : अनुष्का शर्मा (फिल्म–जब तक है जान)
सर्वश्रेष्ठ डेब्यू महिला : यामी गौतम (फिल्म–विकी डोनर)
सर्वश्रेष्ठ डेब्यू पुरुष : आयुष्मान खुरान (फिल्म–विकी डोनर)
सर्वश्रेष्ठ एक्टर इनकामिक रोल : अभिषेक बच्चन (फिल्म–बोल बच्चन बोल)
सर्वश्रेष्ठ एक्टर इन नेगेटिव रोल : ऋषि कपूर (फिल्म–अग्निपथ)
स्टार जोडी ऑफ द ईयर : दीपिका पादुकोण र रणबीर कपूर
सर्वश्रेष्ठ डेब्यू डायरेक्टर : गौरी शिंदे (फिल्म–इग्लिश विंग्लिश)
सर्वश्रेष्ठ म्यूजिक डायरेक्टर : प्रीतम (फिल्म–बर्फी)
सर्वश्रेष्ठ लिरिक्स : अमिताभ भट्टाचार्या (फिल्म–अग्निपथको गीत ‘मुझमें कहीं बाँकी’)
सर्वश्रेष्ठ सिंगर पुरुष : सोनू निगम (फिल्म–अग्निपथ)
सर्वश्रेष्ठ सिंगर महिला : श्रेया घोषाल (फिल्म–अग्निपथको ‘चिकनी चमेली’)
विषेश अवार्ड
आईफा फारएवर : यश चोपडा
इण्डियन इण्टरनेशनल सिनेमा आउटस्टैंडिङ अचीवमेट : अनुपम खेर
आउटस्टैंडिङ कान्ट्रीब्यूशन टू इण्डियन सिनेमा : जावेद अख्तर
ह्यूमैनिटी अवार्ड : शबामा आजमी
डिजिटल स्टार आफ दि ईयर : शाहरुख खानSharukha Khan

Deeya MirjaSofi ChaudhariJyaklin Farnandis

प्रतिक्रिया