रोल्पामा महिलाको बेवारिसे अवस्थामा शव

रोल्पा, २३ असार । रोल्पा जिल्लामा एकमहिलाको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३०/३५ वर्षीया महिलाको शव मिझिङको वडा नम्वर ७ र ९ स्थित लुङग्रीखोलामा फेला परेको प्रहरीले जनाएको छ ।
खोलाको किनारामा शव बेवारिसे अवस्थामा स्थानीयले शनिबार देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया