पूर्वलडाकुको शिविर नजिकै ओढारमा हतियार

grinetरोल्पा, २१ असार । रोल्पा जिल्लाको गैरीगाउँ–६, थुर्पालेकमा फेला परेको ठूलो परिमाणको विष्फोटक पदार्थ सामाग्री अझैसम्म नष्ट हुन सकेको छैन ।
गतमंगलवार फेला परेको विष्फोटक पदार्थ प्राविधिक सामग्रीको अभावमा नष्ट गर्न नसकिएको हो । विष्फोटक पदार्थ नष्ट गर्न दाङको तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्बर बाहिनीबाट एकटोली खटिएको छ । फेला परेको विष्फोटक पदार्थ कस्ले राखेको हो भन्ने बारेमा प्रहरीले केही स्पष्ट पारेको छैन ।
स्रोतका अनुसार सो विष्फोटक पदार्थ तत्कालीन नेकपा (माओवादी)का लडाकुले राखेको हुन सक्ने अनुमान गरेको छ ।
उपसेनानी रामहरि श्रेष्ठको नेतृत्वमा २ सदस्यीय टोली बिहीबार घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरीले जनाएको छ । यद्यपि सो टोलीसँग पनि विष्फोटक पदार्थ नष्ट गर्ने सामाग्री अभाव रहेका पछि पुन: अर्को टोली बोलाईएको छ ।
माओवादी पूर्वलडाकूको पाँचौं डिभिजन दहवनको नजिकै थुर्पा लेकस्थित ओढारमा बेवारिसे अवस्थामा ठूलो परिमाणमा बिस्फोटक पदार्थ फेला परेको थियो । बिस्फोटक पदार्थमा सकेट बम २ सय ६५ थान, कभर २ थान, तामाको पाइप ५ पिस, आल्मुनियम पाइप ६ सय ५० थान र १ सय ५ किलो हाइएक्स्प्लोसीभ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सरोज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया