मारियोन विम्बल्डन टेनिसको फाइनलमा

Wimbaldanलण्डन । फ्रेन्च खेलाडी मारियोन बार्तोली यसवर्षको विम्बल्डन टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेकी छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिताको सेमिफाइनलमा बेल्जियमकी क्रिष्टेन फ्लीप्केन्सलाई हराँउदै बार्तोली फाइनलमा पुगेकी हुन् ।

फ्लीप्केन्स विरुद्धको खेल बार्तोलीले ६–१ र ६–२ को सोझो सेटमा जितिन् ।

यता, पुरुषहरुतर्फ सर्वियाका नोभाक जोकोभिच, ब्रिटेनका एण्डी मरे, अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रो र पोल्याण्डका जर्जी यानोबीच सेमिफाईनलमा पुगिसकेका छन् ।

प्रतिक्रिया