राष्ट्रपतिद्वारा समितिका संयोजकसँग परामर्श

काठमाडौं, २० असार । राष्ट्रपति डा.रामवरण यादव र मधेसी मोर्चाका नेता विजय गच्छेदारबीच भेटबार्ता भएको छ ।
rambaran yadav2राष्ट्रपति कार्यालय शीतल निवासमा आज (बिहीबार) भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा निर्वाचनको तयारीका बारेमा परामर्श भएको हो ।
डा.यादवले उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका नेता गच्छदारसँग निर्वाचनको तयारीका बारेमा जानकारी लिए । उनले निर्वाचनका लागि सक्रिय हुन राजनीतिक समितिलाई आग्रह पनि गरे ।
निर्वाचनको मिति नजिकिदै गएको अबस्थामा सबै दललाई समेटेर अघि बढ्न डा.यादवको सुझाव थियो । भेट पछि सञ्चारकर्मीसँग कुरा गर्दै गच्छेदारले छिट्टै राजनीतिक समितिको बैठक बोलाई नेकपा–माओवादीका मागका बारेमा छलफल हुने बताए ।
‘उच्चस्तरीय राजनीतिक समितिको बैठकमा नेकपा–माओवादीका मागका बारेमा छलफल हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिले सबै आन्दोलनरत दलहरुसँग वार्ता र सम्वाद गर्न सुझाव दिनु भएको छ ।’
यस अघि बुधबार राष्ट्रपति डा.यादवले कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलसँग निर्वाचनका बारेमा परामर्श गरेका थिए ।

प्रतिक्रिया