विवाद मिलाउने जिम्मेवारी कर्ण र शाहलाई

काठमाडौं, १९ असार । नेपाल विद्यार्थी संघले महाधिवेशनको तयारी र जिल्ला विवादका बारेमा समस्या समाधान गर्न दुई शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहको निवास ठमेल चाक्सीवारीमा आज (बुधबार) भएको बैठकले नेविसंघको विवाद मिलाउने निर्णय गरेको हो । विवाद अन्त्यका लागि पहल गर्ने जिम्मेवारी अध्यक्ष रञ्जीत कर्ण र केन्द्रीय सदस्य ऋषिकेशजंग शाहलाई दिईएको छ ।
त्यसै गरेर महाधिवेशनको तयारी र विवाद अन्त्यलगायतका बारेमा छलफल गर्न नेविसंघको केन्द्रीय कार्यसमिति बैठक असार २५ गते बोलाईएको केन्द्रीय सदस्य शाहले जानकारी दिए । उनले चितवन लगायतका जिल्लाको विवाद पनि मिलाईने बताए ।
नेविसंघमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विभिन्न विषयलाई लिएर विवाद छ ।

प्रतिक्रिया