दाङका शैलेन्द्रको कोरियामा मृत्यू

Shailendra-Thapa-Dang-1काठमाडौं, १९ असार । दाङको तुल्सीपुर घर भएका शैलेन्द्र थापाको दक्षिण कोरियामा कार दुर्घटनामा मृत्यू भएको छ ।
ईपीएस मार्फत रोजगारीका लागि झण्डै पाँच बर्ष अघि कोरिया पुगेका थापाको बुधबार राति कार दुर्घटनामा मृत्यू भएको हो । उनको थेगुको ईल्याङ भन्ने स्थानमा मृत्यू भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
चितवनका नवराज न्यौपानेका कारणमा थापा र विनोद विक घुम्न बाहिर निस्किएका थिए । न्यौपाने र विक सकुशल छन् । उनीहरुलाई कोरियाको प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।
अविवाहित थापा कोरियामा अवैधानिक रुपमा बस्दै आएको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया