गाडीको ठक्करबाट युवकको मृत्यू

चितवन, १९ असार । चितवनको भरतपुर नगरपालिकाको गोन्द्रङमा नम्बर नखुलेको गाडी ठक्करबाट युवकको ज्यान गएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको गोन्द्राङमा गाडीको ठक्करबाट मानसिक सन्तुलन गुमाएका अन्दाजी २२ बर्षीय युवकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय चितवनका नायव प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
सख्त घाइते उनलाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याए लगतै मृत्यू भएको थियो । ठक्कर दिने गाडी र युवकको नाम थर बारे खोजी भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया