रेग्मीद्वारा राजनीतिक वातावरण बनाउन आग्रह

Khilraj Regmi Cjकाठमाडौं, १९ असार । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको छ ।

बालुवाटारस्थित रेग्मी निवासमा आज (बुधबार) भएको भेटबार्तामा मंसिर–४ गतेको संविधानसभा निर्वाचन र तयारीका बारेमा छलफल भएको हो । भेटमा अध्यक्ष रेग्मीले दाहालसँग आगामी निर्वाचन सफल बनाउन विशेष राजनीतिक पहल गर्न आग्रह गरे ।
अध्यक्ष रेग्मीको निजी सचिवालयलका अनुसार नेकपा–माओवादीको निर्वाचन बहिष्कारको नीति र आन्दोलनरत दलहरुका मागका सम्बन्धमा ध्यान दिन दाहालसँग आग्रह गरेका छन् ।
जवाफमा अध्यक्ष दाहालले आन्दोलनरत दलहरुसँग वार्ता गरेर निकास निकाल्ने पक्षमा रहेको आश्वासन दिएका छन् । उनले उच्चस्तरीय राजनीतिक समिति मार्फत निर्वाचनको माहोल बनाउने जनाए ।
नेकपा–माओवादीले संविधानसभा निर्वाचन विथोल्ने निर्णय गरे लगत्तै अध्यक्ष रेग्मीले एकीकृत माओवादीका अध्यक्ष दाहालसँग परामर्श गरेका हुन् ।

प्रतिक्रिया