भूपु सांसदको गुनासो अध्यक्ष रेग्मीसँग

Khilraj-Regmi'sकाठमाडौं, १८ असार । भूतपूर्व सांसद क्लवका सदस्यहरुले अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भेटगरेर आफूहरुलाई पनि राष्ट्र निर्माणमा लगाउन आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको निवास बालुवाटारमा आज (मंगलबार) भएको भेटमा भूपु सांसदहरुले राष्ट्र निर्माणमा आफूहरुको योगदान सहयोगपूर्ण हुने जनाएका हुन् ।
जवाफमा अध्यक्ष रेग्मीले भूपु सांसदहरुको सहयोग र सल्लाहलाई सरकारले समर्थन गर्ने जनाएको एकनेताले जानकारी दिए । उनले वर्तमान सरकार निर्वाचन गराउन आएको भन्दै त्यस भन्दा बाहिर गएर आफूले नसोंचेको पनि उल्लेख गरे ।

प्रतिक्रिया