कित्ताकाट नहुँदा किसानहरु मर्कामा

Rupandehi Districtभैरहवा, १९ असार । सम्बन्धित कार्यलयले कित्ताकाट गरी जग्गाको नापनक्सा नदिँदा रुपन्देहीका सयौं किसान मर्कामा परेका छन् ।
वर्षौ पहिले नापी कार्यलयका कर्मचारीले गरेको लापरबाहीका कारण अहिले पनि किसानहरु कानूनी झमेलामा फसिरहेका छन् । सो झमेलाबाट मुक्ति पाउन उनीहरुले धेरै सरकारी अड्डा धाएता पनि समस्याको सुनुवाई कतैबाट भएको छैन ।
भगवानपुर गाविसमा वर्षौदेखि जोतभोग गर्दै आएतापनि गाउँभरिका किसानको जग्गाको स्वामित्व नापीमा एउटै देखिँदा स्थानीय मर्कामा परेका हुन् । वडा नम्बर ६ मा रहेको लम्तिया र वडा नम्बर ७ मा रहेको भरतापुर गाउँमा रहेका जग्गामा यस्तो समस्या रहेको स्थानीयको भनाई छ ।
स्थानीय दानव नदी किनारमा रहेको झण्डै एकशताब्दी पुरानो लम्तिया गाउँमा लगभग ७० घरधुरी छन् । घरहरु सबै गाउँ ब्लक अनुसार दर्ता छन् ।
भगवानपुर गाविसका सचिव प्रदुमन कुर्मीले सुकुम्वासी बस्ती रहको तर आफूलाई उनीहरुको समस्याका बारेमा केही थाहा नभएको बताए । सचिवले जोतभोग प्रमाण सिफारीस गर्दाप्रति कठ्ठा ५ हजार देखि १० हजारसम्म घुस माग्ने गरेको आरोप स्थानीयले लगाएका छन् ।
मालपोत प्रमुख शंकर सुबेदीले नापीले बनाएको कानून अनुसार मालपोतले नापीको फिल्डबुक हेरेर नियर्ण गर्नु पर्ने बताए ।

प्रतिक्रिया