कैदीबन्दीहरुद्वारा आत्मदाहको चेतावनी

jail_sketch_final2

नवलपरासी, १८ असार । नवलपरासीस्थित जिल्ला कारागारका कैदीबन्दीहरु आन्दोलित भएपछि कारागार प्रशासनले कारागार भित्रै सुरक्षाका लागि थप प्रहरी परिचालन गरेको जनाएको छ ।
विभिन्न माग राखेर आन्दोलनमा उत्रेका कैदीबन्दीहरुले माग पुरा नगरेको भन्दै आत्मादाह सम्मको चेतावनी दिएपछि सुरक्षार्थ शसस्त्र र नेपाल प्रहरीको थप सरक्षा तैनाथ गरिएको हो ।
कैदीबन्दीहरुका लागि आएको सुविधा नपाएको, दैनिक उपभोग्य वस्तु खरिदमा अनियमितता भएको, कारागार भवन मर्मतका लागि आएको एकलाख बीसहजार रुपियाँ रकम दुरुपयोग भएको तथा सुत्केरी महिला बन्दीले पाउनुपर्ने सुविधा नपाएकोलगायत माग राखेर उनीहरु एकहप्तादेखि आन्दोलित छन् ।
कैदीबन्दीका नाईके देव सुनारले माग कारागार प्रसाशनमा बुझाउँदा कारागार प्रमुखले उल्टै धम्काउने र दुरव्यवहार गर्ने गरेको आरोप लगाए । उनले कारागार प्रमुखले नै धम्काउन थाले पछि आन्दोलनमा उत्रन बाध्य भएको बताए ।
कारागारमा पैतीस जना कैदीबन्दी बस्ने क्षमता रहे पनि नवलपरासीको कारागारमा एकसय दुईजना कैदी बन्दी छन् ।

प्रतिक्रिया