पुल बनाउने बहानामा बर्षेनी लाखैं झ्वाम्म

Rolpa Districtरोल्पा, १८ असार । बर्षायाममा जस्तै यसपटक पनि रोल्पाको जंकोट गाविसस्थित माडिखोलाले करीब ७ लाख रुपियाँ बराबरको लगानीमा निर्माण भएको कच्ची पुल बगाएको छ ।
पुल बगे पछि स्थानीय प्रभावित भएका छन् । झण्डै सात लाख रुपियाँको लागतमा निर्माण भएको कच्ची पुल र त्यसका निर्माण सामाग्री खोलाले बगाएको हो ।
माडिखोलामा पुल निर्माणका लागि ४ वर्ष अगाडि स्वीकृत भएको थियो । गत मंसिर महिनामा पनि तत्कालीन अर्थमन्त्री बर्षमान पुनले पक्की पुल बनाई दिने आश्वासन दिएका थिए । यद्यपि सो निर्णय कार्यान्वयन हुन सकेको छैन ।
जिल्ला विकास समितिको रकम उपभोक्ता समितिले कच्ची पुल निर्माणका लागि बर्षेनी ७ देखि ९ लाख रुपियाँसम्म खर्च गर्दै आएको छ । कच्ची पुल निर्माण भएपनि ३ महिना पनि चल्न नसक्ने गरेको स्थानीयको भनाई छ ।
दलहरुको दवावमा कच्ची पुल पटक पटक निर्माण हुने गर्ने र रकम बर्षैपिच्छे विनियोजन हुने गर्दा हालसम्म माडिखोलाले २० लाख रुपियाँ बगाइसकेको छ । राजनीतिक दलहरुले ऐन र नियम विपरीत दवावमा रकम छुट्याएर जथाभावी खर्च गर्ने गरेको कर्मचारीहरुको आरोप छ ।
उता, जिविसमा राजनीतिक दवावका कारण स्थानीय निकायको निर्देशिका र मापदण्ड विपरीत विभिन्न क्षेत्रमा आन्तरिक रुपमा नयाँ ट्रयाकहरु खोलिँदै आएका छन् । ट्रयाक खोलिए पनि ति सडकहरु सञ्चालनमा नआउँदा जिल्लाको करोडौंको पुँजीस्थिर अवस्थामा छ ।

प्रतिक्रिया