बैद्यलाई पनि सहमतिमा ल्याउनु पर्छ: देउवा

sher deubaकाठमाडौं १७ असार । कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचनको विरोधमा सडक आन्दोनलमा रहेको नेकपा माओवादीलाई पनि सहमतिमा ल्याउनु पर्ने बताएका छन् ।
काठमाडौंमा आज (सोमबार) आयोजित कार्यक्रममा नेता देउवाले असन्तुष्ट सबै राजनीतिक दलहरुलाई निर्वाचनमा सहभागी गराउन उनीहरुका मागको सम्बोधन हुनु पर्ने बताए । ‘बैद्यजीले यत्तिकै निर्वाचन बहिस्कार गर्ने कुरा गर्नुभाको त होइन नि,’ देउवाले भने, ‘उनीहरुको माग के छन्, छलफल गरेर सम्बोधन गर्नुपर्छ ।’

तर, देउवाले सरकार परिवर्तनको माग भने मान्य नहुने स्पष्ट पारे । संसद भएका बेला समेत दश महिनासम्म सरकार गठन हुन नसकेको प्रसंग निकाल्दै उनले भने, ‘यदि यो सरकारले राजीनामा दिए अझै एकबर्ष नयाँ सरकार गठन हुन सक्दैन ।’
मंसिर-४ गतेको निर्वाचन भएरै छोड्ने देउवाले बताए । उनले लोकतान्त्रिक व्यबस्थालाई मजबुत बनाउन पनि निर्वाचनको बिकल्प नरहेको उल्लेख गरे ।

प्रतिक्रिया