पदत्यागको घोषणा फिर्ता लिन आग्रह

Baburam-Bhattaraiकाठमाडौं, १६ असार । एकीकृत नेकपा माओवादीको आज (आईतबार) बसेको पदाधिकारी बैठकले पदत्यागको घोषणा गरेका उपाध्यक्ष बाबुराम भट्टराईलाई घोषणा फिर्ता लिन आग्रह गरेको छ ।
शनिवार केन्द्रीय समितिको बैठकमा लिखित रुपमै पद त्यागको घोषणा गरेका भट्टराईलाई अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको पदाधिकारी बैठकले घोषणा फिर्ता लिन आग्रह गरेको महासचिव पोष्टबहादुर बोगटीले जानकारी दिए । पदाधिकारी बैठकमा दाहालले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल भएपनि कुनै निष्कर्श भने ननिस्किएको एक पदाधिकारीले बताए ।
सांगठानिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले चर्को आलोचना गर्नुका साथै पदाधिकारी, स्थायी समिति र पोलिट्व्युरो सदस्यका लागि धेरैले आकांक्षा देखाएपछि माओवादीभित्र बिवाद उत्पन्न भएको हो । करीव तीन महिना अघि मात्र एमाले छोडेर एमाओवादी प्रवेश गरेका नेता रामचन्द्र झाले आफुसंग गरिएको पुर्व सहमति अनुसार जिम्मेवारी नदिए राजिनामा दिने सार्वजनिक अभिव्यक्ति दिएपछि माओवादीभित्र थप विबाद र अन्यौलता देखा परेको हो । पार्टी बनाउने भन्दा प नि नेताहरुमा पदलोलुपता बढेको भन्दै उपाध्यक्ष भट्टराईले पदत्यागको घोषणा गरेका थिए । उनले पदमा नरहेर पनि पार्टीमा काम गर्न सकिने भएकाले आफुले पदत्यागेको बैठकमा उल्लेख गरेका थिए । पदमा कुरा नमिल्दा एमाओवादी केन्द्रीय समितिको बैठक लम्बिदै गएको छ ।

प्रतिक्रिया