सुनसरी कारागारबाट फरार कैदी पक्राउ

KAragar Fararराजविराज, १६ असार । सुनसरीको झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागारबाट सुरुङ् खनेर फरार कैदी मध्ये चारजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार धिरेन्द्र यादव रहेका छन् ।
भारतको विहार प्रहरीले दिएको जानकारी अनुसार उनीहरुलाई आज (आइतबार) वीरपुर क्षेत्रमा पर्ने कटैयाबाट पक्राउ गरिएको हो । वीरपुर क्षेत्रका डिएसपी मनोज रामको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका अन्य तीनजनाको नाम खुलाईएको छैन ।
अप्रेसनमा असर गर्ने भएकाले उनीहरुको पहिचान खुलाउन नमिल्ने विहार प्रहरीले जनाएको छ । स्थानीय ब्यापारीहरुले पनि चारजना पक्राउ परेको पक्राउ पुष्टि गरेका छन् ।
भारतीय कपडा ब्यापारी सञ्जीव झाले चार जनालाई प्रहरीले पक्राउ गरेको बताए । उनले भने, ‘प्रहरीले चार जनालाई पक्राउ गरेको छ, तर को हुन् थाहा छैन ।’
कातिक–२३ गते राति सुनसरी कारगामारमा सुरुङ्ग खनेर धिरेन्द्र यादव फरार भएका थिए । उनलाई नेपालमा कर्तव्य ज्यान, अपहरण, फिरौती, किर्ते नागरिकतालगायतका दर्जन भन्द बढी मुद्दा लागेको छ ।

प्रतिक्रिया