ट्रकको भार नियन्त्रण गर्न धरमकाँटा

Dharam-Kanta-Lamahiदेउखुरी, १६ असार । ट्रकहरुले ओभरलोड बोक्ने गरेको गुनासो आईरहेका बेलामा ट्रकले वोक्ने लोड नियन्त्रण गर्न दाङको देउखुरीमा पहिलो पटक निजी सार्वजनिक धरमकाँटाको स्थापना हुने भएको छ ।
राप्ती अञ्चल संयुक्त ट्रक यातायात ब्यवसायी समितिले लमहीमा धरमकाँटाको स्थापना गर्न लागेको हो । करीव २० लाखको लागतमा धरमकाँटा र टिकट काउन्टरको स्थापना गर्न लागिएको समितिका अध्यक्ष जनकप्रसाद खरालले जानकारी दिए ।
‘अञ्चलमै यो पहिलो सार्वजनिक धरमकाँटा हो,’ उनले भने, ‘यातायात क्षेत्रलाई ब्यवस्थित गर्न यसको भूमिका महत्वपूर्ण छ ।’
हाल समितिमा एकसय ८५ ट्रक दर्ता भएको र जिल्ला वाहिरीने, भित्रने सवारी साधनको तौल लिन लमहीमा धरमकाँटाको स्थापना गरिएको अध्यक्ष खरालले वताए ।
कानून ६ चक्के ट्रकले ११ टन, १० चक्केले १७ टन र १२ चक्केले २२ टन सामाग्री ढुवानी गर्नुपर्ने ब्यवस्था छ ।
तर, ६ चक्के सवारी साधनले १५/१६ टन सामाग्री ढुवानी गर्दैै आएका छन् । शनिवार एककार्यक्रमका वीच धरमकाँटाको शिलान्यास र ट्रक समिति लमही शाखाको निर्माणाधिन भवनको उद्घाटन गरिएको छ ।

प्रतिक्रिया