किसान ‘बहर’ खोज्ने झन्झटबाट मुक्त

Cowsरोल्पा, १६ असार । कृत्रिम गर्भाधानको प्रविधिको विकाससँगै पछिल्लो समय रोल्पा जिल्लाका पशुपालक कृषकहरुले सुविधा पाएका छन् । सो सुविधाका कारण सेवा लिनेको संख्या पनि दोब्बर भएको छ ।
पशु सेवा कार्यालयमै पशुहरुलाई गर्भाधान गराउन पाउने भएपछि भैंसीका लागि राँगो तथा गाईका लागि बहर खोज्ने झन्झटबाट मुक्त भएको किसानहरुको भनाइ छ ।
विगत एकवर्षअघि पशु सेवा कार्यालय रोल्पाले जिल्ला बाहिरबाट उन्नत रागो तथा साढेको बीर्य ल्याई कृतिम तरिकाले पशुहरुलाई गर्भाधानको सेवा उपलब्ध गराएपछि कृषकहरु कृत्रिम गर्भाधानतिर आकर्षित भएका हुन् ।
गतवर्ष १ सय पशुलाई कृत्रिम गर्भाधान गराइएको रोल्पामा यसवर्ष भने हालसम्म २ सय पशुहरुलाई कृत्रिम गर्भाधान गराइसकेको पशु चिकित्सक नीमबहादुर सिंहले जानकारी दिए ।
ग्रामीण भेगका कृषकहरुलाई सहज तरिकाले सेवा दिने उद्देश्यले कार्यालयले २४ सै घण्टा कृत्रिम गर्भाधान सेवा दिने गर्छ । (फाईल तस्विर)

प्रतिक्रिया