निर्वाचन प्रक्रियामा सहयोग गर्नुस्: रेग्मी

Khilraj-Regmi'sकाठमाडौं, १५ असार । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनावी प्रक्रियामा सहयोग गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंग आग्रह गरेका छन् ।
रेग्मी निवास बालुवाटारमा आज (शनिवार) भएको भेटघाटमा अध्यक्ष रेग्मीले दलहरुले सहयोग गरे सरकार निर्वाचन प्रक्रियालाई तीब्रताका साथ अगाडि बढाउन तयार रहेको स्पष्ट पारेका थिए । हिजो एमाले अध्यक्ष झलनाथ खनालसंगको भेटमा समेत रेग्मीले चुनावी प्रक्रियामा सहयोग गर्न आग्रह गरेका थिए । प्रमुख दलहरुको सहयोगबिना सरकार एक्लैले निर्वाचन प्रक्रिया अगाडि बढाए प्रभावकारी नहुने धारणा व्यक्त गरेका थिए । अध्यक्ष दाहालले मंसिर ४ गतेका लागि घोषणा गरिएको संविधान सभा निर्वाचन सम्पन्न गराउन पार्टीका तर्फबाट पुरा सहयोग हुने विश्वास दिलाएका थिए । दाहालले अहिलेको राजनीतिक र संवैधानीक संकटको निकासका लागि निर्वाचनको बिकल्प नरहेकोमा जोड दिदै सरकारलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
निर्वाचनको बिरोध गर्दै नेकपा माओवादीसहितका करीव ३ दर्जन दलहरु सडक आन्दोलनमा छन् । उनीहरुले आफ्नो मागको सुनुवाई नभए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिदै आएका छन् ।

प्रतिक्रिया