बिष सेवन गरी बृद्धले गरे आत्महत्या

रोल्पा, १५ असार । रोल्पाको खुँग्रीमा आज (शनिवार) बिहान बिष सेवन गरेर एक बृद्धले आत्महत्या गरेका छन् । खुँग्री गाविस वडा नं.–२ निवासी ६५ वर्षीय चुरे कामीले बिष सेवन गरेका हुन् ।
बिष सेवनपछि बेहोस भएका कामीलाई परिवारले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय खुँग्रीको प्रहरी टोलीको सहयोगमा स्थानीय स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा कामीको बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक चिन्तामणि पोख्रेलले जानकारी दिए । कामीले बिष सेवन गर्नुको कारण भने अझै नखुलेको र अनुसन्धान भइरहेको प्रनानि पोख्रेलको भनाइ छ ।

प्रतिक्रिया