असार १५ अर्थात् रोपाई महोत्सव

downloadकाठमाडौं १५ असार । आज असार १५ अर्थात् दशौं राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी फलाउने दिनका रुपमा आजको दिनलाई लिईन्छ । आजकै दिन देखि रोपाईका लागि उपयुक्त समय मानिन्छ । तर यसबर्ष समयमै मनसुन सुरु भएकाले देशभर १५ प्रतिशत भन्दा बढी ठाँउमा रोपाई सकिसकेको कृषि मन्त्रालयले जनाएको छ । रोपाई महोत्सवका अवसरमा आज दहि चिउरा खाने दिवसका रुपमा समेत देशभर नै मनाईन्छ । आज दही चिउरा खाए शरीरमा स्फुर्ती आउने जनविश्वास छ ।
download (1)बाउसेहरु बाउसे र रोपाहाहरु रोप्नमा ब्यस्त छन् । समयमै पानी नपर्दा साउन अन्तिमसम्म पनि पानी कुरेर बस्नुपर्ने बाध्यता छैन, यसपाली । त्यसैले पनि सबै कृषकहरु रोपाईको चटारोमा ब्यस्त छन् । सरकारले हरेक बर्ष आजको दिनलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको छ । नेपालको कुल खेतीयोग्य जमिन मध्ये आधा भन्दा बढी जमिनमा धान खेती गरिन्छ । १५ लाख ३९हजार ४ सय ९३ हेक्टर जमिनमा धान खेती गरिने मन्त्रालयले जनाएको छ ।
विभिन्न राजनीतिक दल निकट भातृसंगठनहरुले पनि आज सामुहिक रुपमा असार १५ मनाउने गरेका छन् ।

प्रतिक्रिया