‘क्षमता नबढाए आन्दोलन’

Trishuli-3-A-souryadailyकाठमाडौं, १५ असार । रसुवा र नुवाकोटका स्थानीयवासीले त्रिशूली–३ ए को क्षमता ९० मेगावाटबाट १४५ मेगावाट नबनाए कडा आन्दोलनमा उत्रले चेतावनी दिएका छन् ।

त्रिशूली ३ ए को क्यु ४० मा डिजाइन गरी १४५ मेगावाट बनाउन व्यवस्था गरेको र ६० मेगावट पनि समयमा नवन्ने, प्रसारण लाईन झनै ढिलो हुने भन्दै उक्त निर्माण कार्य तत्काल सञ्चालन नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
नेपाल सरकारले दिएको स्वीकृतिको आधारमा नेपाल विद्युत् प्रधिकरणको सञ्चालक समितिले २०७० जेठ १७ गते आयोजनाको उत्पादन क्षमता बृद्धि गर्ने निर्णयलाई क्रियाशील ट्रेड युनियनहरुको विरोधलाई आधारमानी निर्णय उल्टाउने कार्य नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको नालायकी पन भएको भन्दै उक्त निर्णयलाई उल्टाइ तत्काल सञ्चालनमा नल्याए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
एकीकृत माओवादीका नेता जगतजंगले रसुवा र नुवाकोटबासी क्षमता विस्तारको पक्षमा रहेको र ९० मेगावाटभन्दा अझ बढाएर १४५ मेगावाट पुर्‍याई स्रोतको अधिकत्तम उपयोग गर्नुपर्ने र क्षमता नबढाएमा आन्दोलनमा उत्रिने बताए ।
विद्युत प्राधिकरण सञ्चालक समितिले २०७० जेठ २९ गते गरेको आत्मघाती निर्णय तत्काल पुनरविचार गरी उक्त आयोजनाबाट विद्युत उत्पादन हुने गरी आयोजना छिटोभन्दा छिटो निर्माण कार्य सकिने गरी अगाडि बढाउन स्थानीय सरोकारवालाहरुले २६ सूत्रीय माग गरेका छन् । उनीहरुले उक्त माग चुनावी मन्त्री परिषदका अध्यक्ष, उर्जा मन्त्रालय, ठेकेदार कम्पनी सिजीजिसी लगायतलाई पनि मागपत्र बुझाएका छन् ।
एकीकृत माओवादी नुवकोट र रसुवा, नेपाली कांग्रेस रसुवा र एमाले रसुवाका नेताहरुका साथै माथिल्लो त्रिशूली सरोकार समिति र प्रभावित क्षेत्र सुधार समिति, राष्ट्रिय जलस्रोत सरोकार केन्द्रद्धारा शुक्रबार नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति लगायतलाई उनीहरुले बुझाएको मागमा २० प्रतिशत शेयर लगानी गर्न पाउनुपर्ने माग समेत राखेका छन् ।

प्रतिक्रिया