बलत्कारको अभियोगमा ‘दधिराम’ पक्राउ

Balatkar 4काठमाडौं, १३ असार । काठमाडौंमा प्रहरीले एक महिलालाई बलत्कार गरेको अभियोगमा दाङ घर भएका युवकलाई पक्राउ गरेको छ ।
गंगबु–६, जलजला खाजा घरका मेनेजर दाङको सेवार घर भएका २८ बर्षीय दधिराम महरालाई आज (बिहीबार) प्रहरीले पक्राउ गरेको जनाएको छ । महराले महिलालाई बलत्कार गर्न लागेको देखि पछि छिमेकीले उद्दार गरी प्रहरीलाई बोलाएका थिए ।
महराले आजै विहान सात बजे सोही खाजा घरमा काम गर्ने उदयपुर जिल्ला गाईघाट घर भएकी १८ बर्षीया सरिता भण्डारी (नाम परिवर्तन)लाई खाजा घरकै कोठामा लगेर जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया