ज्येष्ठ नागरिकको मागमा सरकार मौन

भक्तपुर , १३ असार । ज्येष्ठ नागरिकाहरुले राज्यले आफ्ना हक अधिकारका विषयमा सुनुवाई नगरेको भन्दै गुनासो गरेका छन् ।
मुलुक निर्माणमा ज्येष्ठ नागरिकले गरेको योगदानको सरकारले महत्व नबुझेको उनीहरुले आरोप लगाए । नेपालमा कति संख्यामा वृद्ध–वृद्धा छन् भन्ने सहित तथ्याङ्क नभए पनि ज्येष्ठ नागरिक हकहित सर्घष समितिले कुल जनसंख्याको ९ प्रतिशत करीब २५ लाख ज्येष्ठ नागरिक रहेको दाबी गरेको छ ।
समितिले नेपाल सरकार समक्ष सार्वजानिक यातायातका साधनमा ५० प्रतिशत् सहुलियत, सिट आरक्षण, स्वास्थ्य उपचारमा छुट र राज्यले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा वृद्धि माग राखेर आन्दोलन गर्दै आएको अध्यक्ष महाप्रसाद पराजुलीले बताए ।

प्रतिक्रिया