बाढीपीडित सदरमुकाममा

Badi-Dailekhaदैलेख, १३ असार । ४ असारमा परेको अविरलको वर्षाका कारण तल्लोडुगेश्वरका बाढीपीडित विस्थापित भएका बादी समुदायका २३ घरपरिवार सदरमुकाममा पाल टागेर बसेका छन् । विस्थापित खडकाबाडाको निम्न माध्यामिक विद्यालयमा बस्दै आइरहेका थिए । उनीहरूका कारण विद्यालयको पढाइ नभएपछि सदरमुकाम पुगेका हुन् । नेपाल रेडक्रश जिल्ला शाखा दैलेखले दिएको पाल, बाल्टी र कम्बल ल्याएर उनीहरू ११ गते मंगलबार राति मात्र सदरमुकाम दैलेखमा पुगेका हुन् ।

‘हामी समस्यामा छौँ । बिहान बेलुका हातमुख जोर्ने केही छैन बस्न पनि समस्या छ,’ २३ वर्षीय राकेश बादीले भने । सुदूरपश्चिममा लाखौँको चामल राज्यले पठाएको तर यहाँका बाढीपीडितलाई राज्यले उपेक्षा गरेको गुनासोसमेत पोखे । विस्थापित भएको आठ दिन बितिसक्दा पनि राज्यबाट हालसम्म कुने पनि राहत विस्थापितले पाएका छैनन् । केयर नेपालले वितण गरेको प्रत्येक घर परिवारलाई दश केजी चामल एक केजी दाल र एक पोका नुनबाहेक राज्यबाट कुनै राहत नपाएको विस्थापित खम्बिरा बादीले बताए ।
विस्थापित सदरमुकाम पुगेको खबर पाउना बित्तिकै साहेक प्रमुख जिल्ला अधिकारी दानबहादुर अयरी पुगी छिट्टै बसोबासको व्यवस्ता मिलाउने आसपासन दिएको उनीहरूले बताए । लगातार चार दिनको वर्षाले ३ असारमा एक घर भत्किदा मालिका गाविस–२ मा सोमबार राति एकै परिवारका सात जनाको मृत्यु भएको थियो भने रामागाड र तल्लो डुंगेश्वरका ३५ घर बगाएको थियो । थुपै्र घर डुबानबाट प्रभावित छन् । तल्लो डुंगेश्वरमा तीन दिन यताको भारी वर्षाले नदीनाला बढेपछि आसपासका थुपै्र बस्तीलाई प्रभावित पारेको छ । कर्णाली र रामागाड खोलाको दोभानमा रहेको रामागाड बजारका १० घर बगाएको छ । मंगलबार बिहान बगाएकाले मानवीय क्षति हुन पाएको थिएन । सात्तला गाविस–१ स्थित रामागाड व्यापारिक क्षेत्र हो । यहाँ २०४० सालपछि भएको यो ठूलो क्षति हो ।

प्रतिक्रिया