निर्वाचन स्वीकारे सम्मेलन हुन्छ : गच्छेदार

काठमाडौं, १२ असार । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले नेकपा–माओवादीले भने जस्तै गोलमेच सम्मेलन बोलाउन सकिने बताएका छन् ।

काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा गच्छेदारले मंसिर–४ गतेको संविधानसभा निर्वाचन नेकपा–माओवादीले स्वीकार गरे दलहरुको सम्मेलन बोलाउन सकिने बताए ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका गच्छेदारले भने, ‘मोहन बैद्यजीले चुनाव मान्ने हो भने विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सभा बोलाएर सबै विषयमा छलफल गर्न सकिन्छ ।’

vijaya gachhedar

प्रतिक्रिया