′पार्टीलाई कमजोर बनाउने खेल हुँदैछ′

Sujata-Koiralaधनकुटा, १२ असार । कांग्रेस केन्द्रीय सदस्य सुजता कोइरालाले मुलुकमा दलीय व्यावस्थालाई समाप्त पार्ने चलखेल भईरहेको बताएकी छन् ।
धनकुटामा आज (बुधबार) प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले दलीय व्यवस्था अन्त्य गर्न चाहने तत्वको पहिचान गरेर ठेगान लगाउनु पर्ने बताईन् । ‘कुनै व्यक्ति समाप्त भएर जान सक्छ,’ उनले भनिन्, ‘तर दल कुनै पनि हालतमा समाप्त हुँदैनन् ।’
उनले कांग्रेस संघीयताकै पक्षमा रहेको बताउदै जातीय नाराका पछि नलाग्ने बताईन् ।
कांग्रेस भित्र पनि विभिन्न प्रकारका घुसपैठ हुने गरेको नेतृ कोइरालाको भनाई थियो । ‘पार्टीलाई विगार्नका लागि केही शक्तिहरुले घुसपैठ र चलखेल गरिरहेका छन्,’ उनले भनिन् ।

प्रतिक्रिया