पत्नीको गुप्ताङ्गमा तेजाब खन्याएर फरार

Acidराजविराज, १२ असार । परपुरुषसँग कुरा गरेको रिसमा आफ्नै पत्नीको गुप्ताङ्गमा तेजाव खन्याएर सप्तरीका एकब्यक्ति फरार भएका छन् ।
बकधुवा–७, महुली निवासी ४८ वर्षीय कृष्णबहादुर विश्वकर्माले आफ्नै पत्नी ३० वर्षीया बद्रीमाया विश्वकर्माको गुप्ताङ्गमा तेजाव खन्याएका हुन् । बद्रीमायाको अवस्था गम्भीर छ ।
तेजावको असरले घाइते बद्रीमायालाई स्थानीय महिलाले चन्दा संकलन गरी उपचारार्थ रायपुरस्थित यूनिक अस्पतालमा भर्ना गराएका छन् । यूनिकले उनलाई मङ्गलबार सगरमाथा अञ्चल अस्पताल थपउपचारका लागि पठाएको छ ।
परपुरुषसँग कुरा गरेको आरोपमा पतिले सुतीरहेका गुप्ताङ्गमा तेजाब हालेर भागेको पीडित बद्रीमायाले जानकारी दिईन् ।
जेठी पत्नीले छाडेपछि कृष्णबहादुरले १३ वर्ष अघि बद्रीमायासँग विवाह गरेका थिए । बद्रीमायाका १ छोरा र १ छोरी छन् ।
प्रहरीले पत्नीको गुप्ताङ्गमा तेजाब हाल्ने पति कृष्णबहादुरको खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया