परपीडक राजनीतिक मानसिकता

Sangita-Dahal-1चिनिया दार्शनिक लाउत्सेले ‘जुन व्यवहार तिमीलाई अरूले गरेको मन पर्दैन, त्यो व्यवहार तिमीले पनि अरूप्रति नगर’ भनेका थिए । त्यस्तै जिजस क्राइस्टले ‘तिमीले अरूलाई जे दिन्छौ, त्यही फिर्ता पाउनेछौ’ भनेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह आन्तरिक धार्मिक भ्रमणमा रहेका बेला सप्तरीका केही ठाउ“मा उनीप्रति जेजस्तो व्यवहार भयो, त्यसले ती महापुरुषहरूको भनाइको सम्झना गरायो । स्वागतद्वार भत्काउने, निर्दोष बालकलाई पैसा र खाजाको प्रलोभन दिएर बाल दुरव्यवहार गर्न अभिप्रेरित गर्ने कार्य स्वाभाविक होइन, अस्वाभाविक हो । हिनताबोधको प्रदर्शन हो । अभावमा हुर्केको निर्दोष बालकको निर्धनताको क्रयबिक्रय हो । उसको भोकमाथि गरिएको क्रुर ठट्टा हो । लाउत्सेले भनेझै“ त्यस्तै व्यवहार आफूमाथि घटित भएको भए त्यो प्रिय वा अप्रिय के हुने थियो ? सुविधासम्पन्न आवास, भोजन, रहनसहन र शिक्षा प्राप्त गरिरहेका आफ्ना सन्ततिलाई त्यस्तो हर्कत गर्न लगाउन नसकेर किन त्यो निर्दोष बालकलाई उक्साइयो ? उसको बालअधिकारको सम्मान सम्बद्ध पक्षले गर्नुपथ्र्याे कि पर्दैनथ्यो ? युद्धका पक्षधरमध्ये विजयीले पनि पराजितप्रति मानवोचित व्यवहार गर्नुपर्छ भन्ने युद्धका नियम, मूल्य र मानक छन् ।
राजनीतिक दम्भ र परपीडक राजनीतिक मानसिकताले नै कुनै बेला मन्डले जन्मायो । मण्डल शब्दमा एकार लागेर बनेको मन्डले शब्दको अर्थ नै अन्ततः गएर प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको बृहत् नेपाली शब्दकोशमा कसरी शत्यार्थ हुन गयो ? त्यसको सम्बद्ध दल त्यसका भातृ संगठनले स्मरण गर्न आवश्यक पनि छ । तत्कालीन पञ्चायत समर्थक पदम ठकुराठीले आफ्नो अध्यक्षतामा स्थापना गरेको ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’को गलत काम गर्ने भनेर नै उद्देश्य उल्लिखित भएको अवश्य पनि थिएन होला । एक किसिमको पञ्चायतको भातृ  संगठनको रूपमा त्यो संगठन थियो । त्यसले रचनात्मक र सिर्जनात्मक काम गर्नुभन्दा पञ्चायत इतर पक्षका विद्यार्थीलगायत सबैप्रति दुरव्यवहार गर्न उद्दत भयो । विरोधीको विनाश र एकछत्र राज्यको सपनामा उनीहरूलाई रम्ने बनाइयो । अन्ततः २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनले त्यो संगठन विघटन भयो । जसले जन्मायो, हर्कत गर्न उक्सायो उसैले संगठनलाई बचाउन सकेन, खारेज गर्न बाध्य भयो । आफै“ले जन्माएको संस्था आफै“ले मार्दा सम्बद्ध पक्षलाई पीडा त निश्चय पनि भयो नै होला ।
पञ्चायतको आफू इतरपक्षप्रति गर्ने व्यवहार यस्तै परपीडक खालको हुन्थ्यो । कुनै बेला स्याङजामा सम्बोधन गर्न गएका बिपी पोखरा फर्कने क्रममा उनको गाडी रोक्ने प्रयत्न भयो । त्यतिले मात्र परपीडक राजनीतिक मानसिकता भएकाको चित्त साम्य भएन । पहाडी मार्गमा चलिरहेको उनको सवारी साधनमाथि रोक लगाउने र बाटो अबरुद्ध बनोस् भन्ने अभिप्रायले ठूलाठूला ढुंगाहरू खसालियो । अन्ततः दुई पक्षबीच तनाब भयो । पुलिसले हस्तक्षेप ग¥यो । तर, उसको निसाना पञ्चायत इतर पक्षनै बनेका थिए भन्ने भनाइ छ । त्यो हर्कत गर्ने, अगाडि सर्ने पात्रहरू मन्डले नै थिए भनिन्छ । यस घटनालाई भारतबाट प्रकाशित हुने साप्ताहिक दिनमानको १४–२० अक्टोबर, २९७९ को अंकमा समेत उल्लेखत गरिएको थियो भन्ने कुरा देवीप्रसाद बनबासीको ‘मेलमिलाप’ नामक कृतिको पृष्ठ ८४–८६ बाट स्पष्ट हुन्छ ।
कुनैबेला मनमोहन अधिकारी जिल्ला भ्रमणमा जा“दा बास नपाएको घटना भुक्तभोगीको मनमा स्मरणीय छ । त्यति मात्र कहा“ हो र उनका नवविवाहिता छोरा बुहारी डा. प्रकाश र शान्ति अधिकारीले डेरासमेत पाएनन् । डेराबाट निस्कनुप¥यो । बेल्जियममा छोरा प्रकाश पढ्न गएको समयमा बुहारी शान्तिले बेल्जियममा श्रम गरेर आर्जित आयले काठमाडौंको गल्फुटारमा एउटा सानो टुक्रा जमिन लिएर घर बनाउ“दा जुन घरमा डेरा बसेका थिए । उनीहरू बसेकै कारण घरधनीको जागिर गयो भन्ने दाबी अहिलेसम्म घरधनीले छाडेको छैन । जागिर जानुको कारण ऊ आफै“ थियो वा मनमोहन अधिकारीको सन्ततिलाई डेरा दिनु नै थियो त्यसको जानकार त सम्बद्ध व्यक्ति नै हो । अधिकारी परिवार होइनन् । तर, आदर्श र निष्ठाको राजनीति गरेको कुनै आर्थिक लोभ लालचमा कही“कतै नपरेका त्यो आदर्श परिवारका लागि एउटा तीतो स्मरण नमेटिने गरी रहिरह्यो । यस्ता घटना पञ्चायत इतर पक्षधरहरूको जीवनमा कति भयो होला ? त्यसको शोध, अनुसन्धान र संकलन गर्ने हो भने एउटा ग्रन्थ नै तयार हन सक्छ ।
परपीडक शब्दको प्रयोग प्रसिद्ध साहित्यकार पारिजातले धेरै नै गर्ने गरेको पाइन्छ । परपीडक त्यसलाई भनिन्छ जो अरूलाई पीडा दिएर रमाउने गर्छ । यस्तो मानसिकता जन्माउने कारक तत्व सत्ता, शक्ति र सम्पत्ति हुन्छन् । १८ पुराण लेखेर पनि सन्तुष्ट नभएका वेदव्यासले पछि गएर श्रीमद्भागवत् पुराणको रचना गरे । व्यासकै रक्त सम्बन्धस“ग जोडिएका राजा परिक्षितले लगाएको श्रीपेचको उन्मादकै कारण ध्यानस्थ ऋषिको शरीरमा मरेको सर्प बेर्न पुग्छन् । ध्यानमा मस्त ऋषिले चाल पाउ“दैनन् । उनका छोराले देख्छन् । जसले मेरा बाबुप्रति यस्तो दुष्कार्य ग¥यो, त्यसको सात दिनभित्र तक्षक नागले डसेर मृत्यु होस् भनेर श्राप दिन्छन् । अन्ततः परिक्षितको तक्षक नागले डसेर मृत्यु हुन पुग्छ । आफ्नै पूर्वज व्यासले परपीडालाई ठूलो पाप भनेको कुरालाई राजा परिक्षितले आत्मसात गरेनन् । उनको परपीडक मानसिकता एउटा ध्यानमा रहेका ऋषिमाथि गएर प्रस्फुटित भएको थियो । परिणाम क्राइस्टले भनेझै“ भएको थियो । जे तिमी अरूलाई दिन्छौ त्यही फिर्ता पाउ“छौ भने इसु वचन परिक्षितको जीवनमा घटित भयो ।
बिनाहातहतियार शान्तिपूर्वक नेपाल अधिराज्यभर आवतजावत गर्ने प्रत्येक नागरिकको मौलिक अधिकार हो । विश्वव्यापी मानवअधिकार घोषणापत्रको स्थापित मान्यता पनि हो । एउटा मानवले अर्को मानवप्रति गर्ने व्यवहार मानवीय भइदिने हो भने त्यसै मानवअधिकारको संरक्षण र प्रत्याभूति हुन्छ । मान्छेले मान्छेस“ग गर्ने अमानवीय व्यवहारको समष्टिगत रूपनै मानवअधिकारको उल्लंघन हो । शाहप्रति चप्पल प्रहार गर्न जसले सिकायो, अह्रायो, उसको जेजति मानवअधिकार छ त्यति नै शाहको पनि अधिकार छ । घटिबढीको कुरो भइराख्दैन । अझ लोकतन्त्रवादीको मानक नै भिन्न विचारको सम्मान गर्नु हो । आफ्नो कार्यले कही“कतै अरूको अधिकारमाथि आघात पुग्ने त होइन ? भनेर सचेत हुनु पनि हो । त्यस्तो हु“दैन भने लोकतन्त्रवादी र अलोकतन्त्र पक्षधर हो भनेर छुट्याउने सामाजिक मानक पनि बा“की रह“दैन । त्यसैले सुसंस्कृत र सभ्य समाजको निर्माणमा लागेको दाबी गर्ने राजनीतिक दल र सम्बद्ध पक्षले परपीडक राजनीतिक मानसिकताबाट मुक्त हुनुपर्छ । जिससले भनेझै“ ‘आफूले अरूलाई जे दिएको थियो त्यही फिर्ता पाउनेछौ’ आफै“प्रति कतै जुत्ता चप्पल नै फ्या“किने त होइन ? सम्बद्ध पक्ष उत्तिकै गम्भीर बन्न पनि उत्तिकै आवश्यक छ ।

प्रतिक्रिया