स्थानीय निकायको निर्वाचन गराउन सुझाव

Upendra yadavराजविराज, ११ असार । मधेसी जनअधिकार फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संविधानसभा र स्थानीय निकायको निर्वाचन एकैसाथ गराउन माग गरेका छन् ।
राजविराजमा आज (मंगलबार) आयोजित पत्रकार घेटघाट कार्यक्रममा यादवले नयाँ पुस्ताले स्थानीय निकायका प्रतिनिधि देख्न नपाएको बताए । ‘संविधानसभा र स्थानीय निकायको निर्वाचनसँगै गराउनु पर्छ,’ उनले भने, ‘लोकतन्त्रको जगका रुपमा रहेको स्थानीय निकायलाई वेवास्ता गर्न मिल्दैन ।’
उनले मोहन बैद्यले अहिलेसम्मका चुनावी प्रक्रियालाई फिर्ता लिए बार्तामा बस्ने भनेर दिएको अभिव्यक्ति साकारात्मक रहेको बताए । ‘नेकपा–माओवादीलगायत राजनीतिक दल सहभागी भएर गरिएको चुनाव मात्र सार्थक र परिणाम मुखी हुन्छ,’ उनले भने, ‘अन्यथा निर्वाचनको कुनै अर्थ रहँदैन ।’
हालसम्मको अवस्थालाई हेर्दा मंसिर–४ गते चुनाव हुने विश्वास जनतामा नरहेको अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया