निषेधको राजनीति अन्त्य गर्न बैद्यको आग्रह

Mohan-Baidhyaकाठमाडौं, १० असार । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले निषेधको राजनीति तत्काल अन्त्य गर्न प्रमुख चार राजनीतिक शक्तिलाई सुझाव दिएका छन् ।
काठमाडौंमा आज (सोमबार) आयोजित कार्यक्रममा बैद्यले निषेधको राजनीति छाडेर आफूहरुका मागलाई सकारत्मक रुपमा लिए वार्तामा बस्न तयार रहेको उल्लेख गरे । उनले मंसिर–४ गतेका लागि घोषित संविधानसभाको चुनाव रोक्न पनि माग गरे ।
‘मंसिर–४ गतेका लागि घोषित निर्वाचन रोकेमा वार्तामा बस्छौं,’ उनले भने, ‘आन्दोलनरत दलहरुका माग वेवास्ता गरिए निर्वाचन हुन सक्दैन ।’ उनले संविधानको बाधा अड्काउ फुकाउने २५ बुँदा खारेज भए आफूहरु पनि निर्वाचनमा सहभागी हुने बताए ।
गैरदलीय व्यक्तिलाई सरकार प्रमुख बनाएकोमा विरोध जनाएका उनले प्रमुख दलहरुले लोकतन्त्र, विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाएको आरोप लगाए । उनले विधिको शासनका लागि आफूहरु आन्दोलनमा उत्रिनु परेको दाबी गरे ।
अध्यक्ष बैद्यले ११ बुँदे सहमति खारेज, सर्वपक्षीय गोलमेच सम्मेलनबाट सरकार गठन र अग्रगामी संविधान निर्माणमा आफूहरुको प्रमुख माग रहेको दोहर्‍याए ।

प्रतिक्रिया