बाढीपीडितलाई राहत वितरण जारी

4डडेल्धुरा १० असार । अविरल बर्षाका कारण केहि दिन अघि सुदूरपश्चिममा भएको ठूलो धनजनको क्षतीबाट प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापना कार्यक्रम तीब्रताका साथ भईरहेको सुदूरपश्चिम क्षेत्रीय प्रशासक आत्मराज पाण्डेले जनाएका छन् ।
आज (सोमबार) डडेल्धुरा जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख र संचारकर्मीहरुसंगको समुहिक अन्तरक्रिया कार्यक्रममा क्षेत्रीय प्रशासक पाण्डेले  राहत तथा उद्धार कार्यमा सरकारले कुनै कमी नगरेको दावी गरे । उनले महाकाली नदीका कारण सबैभन्दा बढी नराम्ररी क्षती भएको दार्चुला सदरमुकाममा  नदीको कटानलाई तत्काल रोक्न आजै नेपाली सेनाको हेलीकप्टरबाट ३६ टन ग्याभिङ तार, जाली दार्चुला पठाउन लागिएको बताए ।

उनले  बिस्थापितलाई खाद्यानको समस्या भन्दा औषधि आवश्यक रहेकोले सेनाको हेलीकप्टरबाट औषधिसमेत पठाईन लागेको जानकारी गराए ।
धनगढीको अत्तरियामा राहतका लागि क्षेत्रीय राहत पोष्ट राखी राहत पठाउने र अनुगमन गर्ने काम समेत भईरहेको क्षेत्रीय प्रशासक पाण्डेले बताए । उनले जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई सञ्चारकर्मीलाई सूचना दिन कन्जुस्याई नगर्न समेत निर्देशन दिए ।

प्रतिक्रिया