सुधारको क्रममा साँघु

ताप्लेजुङ : ताप्लेजुङको साँघु गाविसलाई एकैपटक अध्यारो, धुवाँ र खुला दिसामुक्त गाविस घोषणा गरिएको छ । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका संयोजक तथा स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले आइतबार साँघुलाई एक कार्यक्रमका बीच अध्यारो, धुवाँ र खुला दिसा मुक्त गाउँ घोषणा गरे ।
सदरमुकामबाट झण्डै एक दिनको पैदलमा दूरीमा रहेको उक्त गाविसमा स्वच्छता समन्वय समितिको सक्रियतामा शौचालय निर्माण गरिएको हो । यस्तै समुदाय गाविस तथा जिविसको सक्रियतामा विद्युत् उत्पादन तथा नाम्सालिङ सामुदायिक विकास केन्द्र इलामको सक्रियतामा सुधारिएको चुलो निर्माण गरिएको हो ।
खुला दिसामुक्त, अध्यारो र धुवाँमुक्त गाविस घोषणा गर्ने क्रम निरन्तर रहे पनि एकैपटक घोषणा गर्ने यो नै नेपालको पहिलो गाविस भएको खानेपाने तथा सरसफाइ सवडिभिजन कार्यालय ताप्लेजुङका प्रमुख मोतिउर रहमानले बताए । सन् २०१५ भित्र जिल्लाका ५० वटै गाविसलाई खुला दिसामुक्त गाविस बनाउने योजनाअनुसार सक्रियता पूर्वक काम भइरहेको समेत उनले बताए । घोषणासँगै सो गाविसका आठ सय ५५ घरधुरीले लाभ लिएका छन् । (सौस)

प्रतिक्रिया