मंसिरको निर्वाचन भएरै छोड्छ: सिह

prakashman shing 1डडेल्धुरा ९ असार । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिहले मंसिर ४ गतेका लागि तोकिएको संविधान सभा निर्वाचन कुनै पनि हालतमा हुने दावी गरेका छन् ।

प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिहले तोकिएको समयमा संविधान सभाको निर्वाचन हुनेमा आफुहरु निर्धक्क रहेको बताए । उनले नेकपा–माओवादी लगाएत केही सानादलहरुले विरोध गरिरहेको भए पनि चार मुख्य राजनैतिक दलहरुविच चुनाव गर्ने सहमति भएकाले संविधान सभाको निर्वाचन जसरी हुने जिकिर गरे । संविधानको म्यान्डेट अनुसार सरकार नचल्दा देश अनिश्चितताको भुमरीमा फस्दै गएको सिंहले टिप्पणि गरे ।

कांग्रेसले जितेमात्र लोकतान्त्रिक संविधान बन्ने दावी गर्दै महामन्त्री सिंहले आसन्न निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरे । उनले लोकतान्त्रिक पार्टीभित्र विबाद हुनुलाई लोकतान्त्रिक अभ्याको संज्ञा दिए । उनी बैतडी जिल्ला काग्रेसको अधिबेशन सम्पन्न गरी डडेल्धुरा आएका हुन् ।

प्रतिक्रिया