बाढीमा परेका नेपाली घर फर्किने क्रम जारी

imagesनेपालगञ्ज, ९ असार । केहि दिन अघिको अविरल बर्षाका कारण भारतको उत्तराखण्ड क्षेत्रमा बाढीमा फसेका संयौ नेपालीहरु मध्ये केहि भने सम्पर्कमा आउन थालेका छन् ।
उत्तराखण्डमा रहेका चारधामको यात्रामा गएका तीर्थयात्रीका साथै त्यसक्षेत्रमा कार्यरत नेपालीको संख्या हजारौं रहेपनि बाढीपछि धेरै जना सम्पर्कबीहिन छन् । उक्त क्षेत्रमा बाढीबाट ठूलो धनजनको क्षती भएको छ । उत्तराखण्ड क्षेत्रमा अलपत्र परेका ३ सय ६६ जना नेपाली आज नेपालगञ्जको सीमाबर्ती रुपैडिया जमुना नाका भएर नेपाल फर्किएका छन् । हिजो बेलुकासम्म सोही नाका भएर ९ सय ५० नेपाली नेपाल भित्रिएका थिए । घर फर्किएकामा अधिकांश कामदार र केही तीर्थयात्री छन् ।
नेपाल भित्रिएकाहरुका अनुसार अझै उत्तराखण्ड क्षेत्रत्रमा चार हजारको हाराहारीमा नेपाली रहेका छन् । बाके जिल्ला प्रशासन कार्यालयले स्वदेश फर्किएर बेखर्ची भएकालाई बाटो र खाना खर्च दिएर सहयोग गरेको छ भने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पीडितहरुका लागि खाने र घरसम्म पुग्नका लागि यातायातको ब्यवस्था मिलाएको छ । भारतको सरकारको पहलमा उक्त क्षेत्रमा उद्धार कार्य भईरहेपनि बाढीका कारण ठूलो धनजनको क्षती भएको छ । नेपाल सरकारले भारतस्थीत नेपाली दुतावासले भारतसरकारको समन्वयनमा मार्फत उद्धार कार्य भईरहेको जनाएपनि बाढी फसेका नेपालीका आफन्तले भने सरकारले उद्धार कार्यमा चासो नदेखाएको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया