अझै कायम छ बालिघरे प्रथा

Dadeldhura Districtडडेल्धुरा, ९ असार । बैतडी जिल्लामा अहिले पनि बालिघरे प्रथा कायम नै रहेको छ । बैतडीको कैलपाल गाविस ९ डङसिलीगाउमा बालिघरे प्रथा रहेको छ ।

५० देखी ६० घरधुरीका बासिन्दा पुराना तथा नयाँ लत्ता–कपडा सिलाएर गुजारा चलाइरहेका छन् । कपडा सिलाइदिए बापत उनीहरूले एक घरबाट वर्षको दुईपटक अन्न लिने गरेका छन् । डङसीली गाउँका गणेश टेलर (दमाई)ले आफुहरूसंग खेतबारी नभएको र जमिन नभएकै कारण बाजेबुवाले गर्दै आएको पेसालाई निरन्तरता दिएको बताए ।

गाउँका ब्रामण, भण्डारी र बोहरा जातिका कपडा सिलाइ गरेर आफ्नो ७ जनाको परिवारको हातमुख जोर्ने काम गरिरहेको समेत उनले बताए । उनले भने– खेतबारी छैन, अनपढ भएकोले जागिर पनि मिल्दैन । यस्तो काम नगरे छाक टार्नै गाह्रो हुन्छ । समाजमा रुढीबाढी प्रथाले जरो गाडेकोले दलित समुदायलाई हेप्ने प्रवृति रहेको र राजनैतिक दलहरूले पनि यो प्रथालाई हटाउन खासै चासो दिन सकिएको एकिकृत नेकपा माओबादी बैतडी जिल्ला कार्यालय सचिव धर्म सिँ ऐर बताए ।
काम गरेबाफत उनीहरूले पारिश्रमिक पाउनु पर्छ तर त्यस्तो हुन सकेको छैन ।बर्षभरी मालिकहरूका लुगाकपडा सिलाएर वर्षको २ पटक मात्रैअन्नबालि दिने प्रवृतिको अन्त्य गरी काम गरेवाफतको पारिश्रमिक नदिने लाई कानुनी दायरामा ल्याउन सवै निकायले पहल गर्नु पर्ने नेकपा एमाले बैतडी जिल्ला कमिटी अध्यक्ष दामोदर भट्टले बताए । वैतडी जिल्लामा मात्र नभई सुदुरपश्चिमका अन्य जिल्लाहरूमा पनि यो प्रथा हट्न नसकेको समेत अध्यक्ष भट्टले बताए ।

प्रतिक्रिया