राष्ट्रिय टिम चेस याम्पियनसिप सुरु

काठमाडौं : तेस्रो टिम च्याम्पियनसिप राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा शीर्ष वरीयताको गजुरमुखी चेस क्लब र गोल्डेनगेट कलेजका साथै साविक विजेता काठमाडौं चेस क्लबले पनि विजयी सुरुआत गरे । पहिलो चरणमा पूर्वच्याम्पियन मखन चेस क्लबसहित बत्तीसपुतली क्लब, ख्वप्रिङ चेस क्लब, ललितपुर चेस क्लब र मच्छिन्द्र क्लबले विजयी सुरुआत गरे ।
गजुरमुखीले कान्तिपुर सिटी कलेज, मखनले गोल्डेनगेट ‘बी’, काठमाडौं चेस क्लबले आयोजक मनमोहन मेमोरियल चेस एकडेमीलाई ४–० ले पराजित गरे । प्रतियोगिताका चार टोलीमा एक/एक विदेशी खेलाडी रहेका छन् । गजुरमुखीबाट आइएम दिनेश शर्मा, गोल्डेनगेटबाट एफएम सौरभ खेरेटकर तथा बत्तीस पुतलीबाट आशिष द्विवेदी सहभागी रहेका छन् । प्रतियोगिताको मुख्य अतिथि पूर्वमन्त्री तथा एमाले नेता भरत मोहन अधिकारीले उद्घाटन गरे । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितमा १७ टोलीको सहभागिता छ ।

प्रतिक्रिया