केन्द्रीय समितिको तयारीमा नेकपा–माओवादी

maobadi flagकाठमाडौं, ७ असार । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा निर्वाचनलगायतका विषयमा नेकपा–माओवादीको स्थायी समितिमा छलफल गरेको छ ।
पार्टी कार्यालय बुद्धनगरमा आज (शुक्रबार) बसेको बैठकमा समग्र राजनीतिकका साथै अन्य विविधि विषयको समीक्षा गरिएको सचिव देव गुरुङले जानकारी दिए । उनले केन्द्रीय समितिको बैठकको तयारी र संयुक्त आन्दोलनका बारेमा छलफल भएको बताए ।
नेकपा–माओवादीले समसामयिक विषयमा छलफल गर्न असार–१५ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

प्रतिक्रिया