चित्तलको छ किलो मासुसहित पक्राउ

Cittalपर्सा, ७ असार । प्रहरीले पर्सा जिल्लामा चित्तलको ६ किलो मासु र हतियारसहित एकजनालाई पक्राउ गरेको छ ।
मथवल–४, औराहा रेञ्ज बस्ने ३३ बर्षीय कुमार घिमिरेलाई प्रहरीले बिहीबार गोप्य सूचनाका आधारमा उनकै घरबाट चित्तलको मासु र एकथान भरुवा बन्दुकसहित पक्राउ गरेको जनाएको छ । चित्तलको शिकार गर्न बन्यजन्तु ऐनले रोकेको छ ।
प्रहरीले घिमिरेको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा चित्तलको मासु करीव ६ किलो, चित्तलको घुडा मुनीको खुट्टा १ वटा, चित्तलको पुरानो सिंङ तथा बन्दुक बरामद गरेको प्रहरी भनाई छ ।
यसैबीच, प्रहरीले सुनसरीमा सालकको खपटासहित ४९ वर्षीय परशुराम राईलाई पक्राउ गरेको छ ।
धनकुटा जिल्ला आहाले­५ घर भई हाल सुनसरीको धरान नगरपालिका­११ बस्दै आएका राईलाई प्रहरीले अन्दाजी पाँचसय ग्राम तौल भएको सालकको खपटासहित पक्राउ गरेको जनाएको छ ।
बराहक्षेत्र–३, हाटखोलास्थित प्रहरी चौकी चतराबाट खटिएको टोलीले चेकजाँचका क्रममा सालकको खपटा फेला पारेको थियो । (फाईल तस्विर)

प्रतिक्रिया