क्रिस्चियनीकरणका लागि धर्मनिरपेक्षता

Dirgha-Raj-Prasai०६३ साल जेठ ४ गते नेपालको सांस्कृतिक परम्परा, हिन्दू र बौद्धहरूको अस्तित्व समाप्त गर्न विदेशीहरूको दबाबमा पैसा खाएर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नेहरू ठूला देशद्रोही  हुन् । ०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रसँग सम्झौता भएर जनआन्दोलन टुंगिएपछि, आन्दोलनको नेतृत्व गरेका कांग्रेसका गिरिजाप्रसाद कोइरालाले नारायणहिटी राजदरबारको पटाङ्गिनीमा राजाबाट प्रधानमन्त्री पदको सपथग्रहण गरेर राज्य सञ्चालनमा सरिक बन्दै आएका थिए । तर, एक महिना नपुग्दै जेठ ४ गते प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सभामुख सुवास नेम्वाङ, एमालेका नेता माधवकुमार नेपाललगायत आन्दोलनका सहभागी नेताको सक्रियतामा ०४७ सालको संविधानअनुसार ब्युँतिएको प्रतिनिधिसभाबाट संसदीय घोषणाको नाममा राजाकी छोरीसमेत राजगद्दीकी उत्तराधिकारी हुनसक्ने व्यवस्थाकासाथ नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे । नेपाललाई धर्मनिरपेक्ष घोषणा गराउनमा भारतीय राजदूतावासका तत्कालीन भारतीय गुप्तचर ‘रअ’ प्रमुख पी हर्मिज र बाबुराम भट्टराई सशक्त बनेका थिए । यी दुवै क्याथोलिक भएकाले र भारतीय गुप्तचर संस्था र बाबुराम भट्टराईको दबाब थियो । नेपाललाई क्रिस्चियनीकरण गराउनमा अमेरिका, युरोपका क्रिस्चियन राष्ट्रहरूले करोडौँ रकम खर्च गरेका थिए । त्यही पैसाको चलखेलपछि आन्दोलनकारी नेताहरू रातारात सम्पन्न बने । यिनीहरूले पैसा नखाई यस्तो राष्ट्रघाती कार्य गर्न तम्सिए भन्ने कसैलाई पनि लाग्दैन । त्यही जेठ ४ गतेको घोषणामा यिनीहरूले राजसंस्थाको निरन्तरता समेतको प्रस्ताव पारित गरेका थिए । त्यस घोषणालाई कसले र कहिले खारेज गर्‍यो ? यसरी कांग्रेस, एमाले, माओवादीले नेपाललाई विदेशीहरूको रणभूमि बनाउँदै देश डुबाउने कुकर्म गरे ।
जेठ ४ गते राजाले ब्युँताएको प्रतिनिधिसभाबाट नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने कुरा अपरझट्ट सुइँको पाएपछि मैले जेठ ३ गते आफूले चिनेकामध्ये माधवकुमार नेपाल, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, सुवास नेम्वाङलगायत सरोकारवाला सबै राजनीतिक तहका व्यक्तिहरूलाई– धर्म निरपेक्ष राष्ट्र घोषणा गरेर देशलाई बरबाद नगरौँ । यो विदेशीको रणनीति हो । यसो भयो भने तपाईंहरू सबै असफल हुनुहुनेछ’ भन्दै अनुरोध गरेको थिएँ । तर, १२ बुँदे सहमतिपछि यिनीहरू पैसामा बिकिसकेका रहेछन् । विदेशीको पैसाको बलले राजाबाटै ब्युँतिएको प्रतिनिधिसभाबाट जनताको अभिमतविरुद्ध लज्जास्पद तरिकाले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे । २०६३ सालपछि जनआन्दोलनमा सरिक कांग्रेस, एमाले, माओवादी नेताहरू विदेशीको दलालीमा फसे । जनआन्दोलनको नाममा पार्टीका नेताहरू विदेशी चम्चा बनिसकेका रहेछन् । माओवादी त भारतमा नै सुरक्षाकासाथ राखिएका गद्दारको जमात रहेछ । यस्तो भएपछि यी दलालहरूलाई नेपालको राष्ट्रियता र प्रजातन्त्रका हितमा मौलिक धारणा रहने कुरै भएन । कांग्रेसका गिरिजा, एमालेका माधव नेपालहरूका कुकृत्यले आफ्ना पार्टीका अडानलाई पनि समाप्त पार्दै विश्वको एक मात्र हिन्दू राष्ट्रको तेजोवध गर्दै नेपाललाई ईसाइकरण गराउन साम्राज्यवादी राष्ट्रहरूको दास बनेर धर्मनिरपेक्ष घोषणा गर्दै नेपाललाई अन्धकारमा फसाए ।
०७० सालतिर यिनै पार्टीका नेताहरू असफल बनेपछि असंवैधानिक रूपमा अर्का उस्तै व्यक्ति खिलराज रेग्मीलाई कथित अर्को संविधानसभाको निर्वाचन गराउने नाममा भारत र पश्चिमाहरूको दबाबमा सरकार प्रमुख बनाएर नेपाल ध्वस्त बनाउने खेलमा लागेका छन् । क्रिस्चियनहरूले धर्मको नाममा साम्राज्यवादी क्रिस्चियन राष्ट्रहरू स्थापना गर्न लागि परेका छन् । पैसाको बलमा अफ्रिका र अरबभित्र पसेर कैयौँ देशलाई बिखण्डन गरेर लुट मच्चाएका छन् । अहिले दक्षिणपूर्व एसियालाई क्रिस्चियनीकरण गर्नमा पश्चिमी देशहरू नै खनिएका छन् । यसै अवस्थामा उनीहरू नेपालमा पनि नकारात्मक बाटो लिएर आएका छन् ।  अत: यो देशको अस्मिता बिटुलो बनाउन नदिन क्रिस्चियन र उनीहरूका दलालहरूलाई यस भूमिबाट कसै गरेर पनि लखेट्न सक्नुपर्छ । धर्मनिरपेक्ष घोषणा भएपछि बनेका चर्चहरू राज्यले नै भत्काउनुपर्छ ।
वैदिक हिन्दूको प्रभावबाटै मुस्लिम र क्रिस्चियन धर्मको प्रादुर्भाव भएको हो । जिसस् क्राइस्टकी आमा हिन्दू थिइन् । जिसस्मा पनि हिन्दू संस्कार थियो । जिसस् क्राइस्टपछि उठेको ग्रिकको हिभ्रियू भाषाबाट बनेको टाइटल हो । जर्मनीको म्युनिकको चित्रघरमा जिसस् क्राइस्टको सन्यासी महात्माको भेषमा निधारमा तिलक–टीका लगाएको मूर्ति छ । ल्फोरेन्सको मूर्तिमा ईसाले हिन्दू ब्राम्मणको झैँ जनै धारणा गरेको छ । भेटिकन राजमहलको चित्रमा ईसाले टाउकोमा टुप्पी र धोती लगाएको साधु भेषमा छ । नेपालमा ६ वर्ष बसेर योगसाधना र बौद्ध दर्शन सिकेकाले क्राइस्टलाई निरंकुश अन्धा धर्मभिरु सत्ताले इजरायलमा किला ठोकेर मारिएको अवस्थामा वैदिक योगका प्रतापले मरेको जस्तो अभिनय गरेर गाडिएको चिहानबाट उठेर ईसु भारततिर लागेको र पछि उनको मृत्यु कास्मिरमा भयो । अहिले पनि त्यहाँ राखिएको ईसाको समाधि देख्न सकिन्छ । नेपालका खोजकर्ता विद्वान् डा. स्वामी प्रपन्नाचार्यले लेखेका छन्– हजरत ईसाको जन्म भारतको हिन्दू परिवारमा भएको हो । ल्फोरेन्समा ईसाकी आमा मेरीको मूर्ति राखिएको छ । मेक्मिलन गिर्जाघरमा पनि मेरीयमको त्यस्तै मूर्ति राखिएको छ । ईसाकी आमाको मूर्ति हिन्दू रानी–महारानी जस्तो साडी–गुनिन्यँु लगाएको र निधारमा हिन्दूहरूले लगाउने टीका लगाएको छ । ‘गड इज् लाइट’ भन्ने परमेश्वर शिव हो, ज्योति हो जुन क्रिस्चियनहरूले हिन्दूबाट लिएका हुन् ।
क्राइस्टकी आमा एउटा सिकर्मीबाट कुमारीमै गर्भवती भएकी थिइन् । भविष्य पुराणको प्रसंग सम्पादनमा संस्कृत भाषामा समेत उल्लेख छ– ‘ईशापुत्रञ्च मा विद्धि कुमारी गर्भसम्भवम्’ (अनुवाद) अर्थात् जिससकी आमाले विवाहभन्दा अगागि गर्भधारणा गरेकी थिइन् । चर्चहरूमा पादरी, पास्टरहरूको जन्म मृत्यु, न्वारन, विवाहको रीति हिन्दू परम्पराजस्तै छ । इजरायलमा यहुदीहरूले राष्ट्रिय झन्डा र चिन्हमा हिन्दू भगवती सरस्वतीको षड्कोणको चिन्ह राखेका छन् । तर, हिन्दू र बौद्धको आधिकारिक थलोमा आएर यहाँको धर्ममाथि नै आक्रमण गर्ने र धर्म परिवर्तन गराउन क्रिस्चियनहरू सक्रिय बनेकाले हामी नेपालीहरू जो जहाँ छौँ त्यसका विरुद्ध सक्रिय बनेर नेपालको अस्तित्व बचाऔँ । सन् १७६८ भन्दा अगाडि नेपालका मल्ल राजाहरूलाई प्रभाव पारेर केही नेपालीलाई क्रिस्चियन बनाइएको र पछि सन् १७६८ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीहरूलाई यहाँबाट लखेटेकाले त्यसको प्रतिशोध साध्न छन्– २०६३ सालपछि क्रिस्चियनहरू ।
नेपाललाई धर्मनिरपेक्ष घोषणा गराउन विदेशीहरूले करोडौँ खर्च गर्दै यहाँका पार्टीका नेता, गैरसरकारी, नागरिक समाज र मानवअधिकारवादी संस्थाहरू जसमा दमननाथ ढुंगाना, सुवास नेम्वाङ, पद्यरत्न तुलाधर, लोकराज बराल, कृष्ण खनालजस्ता व्यक्ति, राजनीतिककर्मी तथा प्राध्यापकहरू र केही जनजातिका अगुवाहरू कृष्ण हाछेथु, कृष्ण भट्टचन आदिहरू पैसा खाएर इसाईहरूका दास बन्न पुगे । त्यसैले अब निर्वाचन होइन । संविधानसभा धोका हो । यिनीहरूबाट नेपाल सुरक्षित हुँदैन । अत: २०४७ सालको संविधान कार्यान्वयन गर्दै २०६२ सालमा दिल्लीमा लम्पसार परेर १२ बुँदै सहमतिमा हस्ताक्षर गर्नेहरू, प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउन हस्ताक्षर गर्ने चारदलका आठ जना नेताहरूलाई पाँच वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी जेलमा राखेर राष्ट्रद्रोहमा कारबाही गर्ने र अन्य नागरिक समाज, मानवअधिकारवादीहरू समेतलाई समात्न सक्ने क्षमता राज्यको हुनुपर्छ । माओवादीका नेता प्रचण्ड र बाबुराम भट्टराई, सुवास नेम्वाङ गिरिजाप्रसादकी छोरी सुजाता, कृष्ण सिटौला, शेरबहादुर देउवा, रामचन्द्र पौडयाल, माधव नेपाल, झलनाथ खनाललगायत जो धर्मनिरपेक्ष घोषणा गराउन सरिक थिए, पैसा खाएर नेपालको पहिचान, अस्तित्व समाप्त पार्नेहरूलाई जेलमा राखेर सजाय गर्नसक्नु आजको माग हो ।

प्रतिक्रिया