बेपत्ता ५ मध्ये मोनिकाको शव फेला

Bepatta Chitwan

चितवन, ६ असार । चितवनको कुरिनटारस्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा शनिबार बेपत्ता भएका ५ मध्ये एकयुवतीको शव फेला परेको छ ।
चितवनको मुग्लिन नारायणगढ सडक खण्डको कविलास–५ को घुमाउनेमा मोनिका रेग्मीको शव आज (बिहीबार) विहान शव फेला परेको प्रहरी नायव उपरीक्षक अरुण पौडेलले जानकारी दिए । मोनिका भरतपुर–५ निवासी हुन् ।
नदीमा नुहाउने क्रममा ४ युवती र एकयुवकसहित ५ जना बेपत्ता भएका थिए ।
बेपत्ता चार जनाको अवस्था अझै अज्ञात छ । उनीहरुको खाजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
त्रिशुली नदीमा पौडी खेल्ने क्रमा एकैपरिवारका तीन छोरीहरु मोनिका रेग्मी, रोजिना रेग्मी, लिजा रेग्मी र छिमेकी अस्मिता थापा मगर तथा जनक रावत बेपत्ता भएका थिए ।

प्रतिक्रिया